एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो : योगेश भट्टराई

२ बर्ष अगाडि

काठमाडौं - एमालेका सचिव योगेश भट्टराईले एमालेलाई नजिस्काउन चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले गरेको पत्रकार सम्मेलनमा नेता भट्टराई एमालेलाई जिस्काए गैँडाले जस्तै लखेट्ने चेतावनी दिए ।

चितवनमा हालै सम्पन्न पार्टीको १०औँ  महाधिवेशनको मस्कटमा एकसिंगे गैँडा राखेकोमा भएका आलोचना र टिप्पणीलाई लक्षित गर्दै उनले भने, ‘एमाले र गैँडामा केही समानाता भएरै गैँडा छानेको हो । गैँडालाई जिस्क्याउनुहुन्छ, हिर्काउन थाल्नुहुन्छ, त्यसले तपाईंलाई छोड्दैन, लेखट्छ, एमाले पनि त्यस्तै छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन ।’ 

उनले थपे, ‘एमाले शान्त छ, आफ्नो बाटोमा छ, आफ्नो भिजनमा छ । जब एमालेमाथि जाइलाग्नुहुन्छ, तब एमालेले छोड्दैन, गैँडासँग हाम्रो यो समानता छ ।’

एमालेलाई जिस्क्याए त्यसको परिणाम नराम्रोसँग भोग्नुपर्ने चेतावनी भट्टराईले दिए । उनले चितवनमा भएको महाधिवेशनबाट एमाले एकतावद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेको फर्केको दाबी गरे ।

 ‘शक्ति आर्जन गरेर चितवनबाट फर्केको छ । अब त्यसको आउटपुट चुनावमा आउँछ , एमालेको बहुमतनै हो । एक–दुई रन लिने सुविधा छैन, चौका, छक्कानै हान्नुपर्छ । हाम्रा व्याट्सम्यानहरु मैदानमा छन्, अब चौका छक्का हान्ने हो,’ क्रिकेट खेलको उदाहरण दिँदै उनले थपे, ‘एकदिवसीय वा लामो सिरिजको खेल होइन, यो ट्वान्टी ट्वान्टी हो, छिटो हानिन्छ, छिटो जितिन्छ । त्यसैले दर्शकलाई त्यो मजा दिन्छ । अब एमालेले आफ्ना ब्याट्सम्यानहरु निकालिसक्यो, सेकेण्ड इनिङकोअब सुरु भैसक्यो ।’

२ बर्ष अगाडि

प्रतिक्रिया