विक्की र कटरीनाको विवाहको फोटो र भिडियो लिनका लागि सय करोडको अफर !

२ बर्ष अगाडि

काठमाडौं, बलिउड अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल यही ९ डिसेम्बरमा विवाह बन्धनमा बाँधिदैछन् । 
 
विवाह समारोहबाट फोटो र भिडियो लिक नहोस् भनेर विक्की र कटरीनाले एक निर्धारित क्षेत्रमा नो(मोबाइल पोलिसी लागू गरेका छन् । उनीहरुले आफ्नो विवाहको फोटो र भिडियोको राइट्स एक अन्तर्राष्ट्रिय म्यागजीनलाई दिएका छन् । यसैबीच, एक ओटीटी प्लेटफर्मले उनीहरुको विवाहको फोटो तथा भिडियोको राइट्स किन्न ठूलो रकम अफर गरेको चर्चा छ ।
 
बलिउड हंगामाका अनुसार, एक ओटीटी कम्पनीले विक्की र कटरीनाको विवाहको फोटो र भिडियो लिनका लागि सय करोडको अफर गरेको छ । कम्पनीले दुवैको विवाहको भिडियो ओटीटीमा स्ट्रीम गर्न चाहेकोले विक्की र कटरीनालाई बिहेको भिडियो र फोटोबापत सय करोड अफर गरेको हो ।
 
बलिउड सेलिब्रेटीका लागि विवाहको फोटो र भिडियोको राइट्स बेच्नु नौलो कुरा भए पनि अन्य देशमा यो ट्रेन्ड सामान्य हो । जब कोही सेलिब्रेटीले विवाह गर्छन्, तब उनीहरुले विवाहको फोटो र भिडियो कुनै च्यानल या म्यागजीनलाई बेच्ने गर्दछन् । जसबाट उनीहरुलाई राम्रो पैसा मिल्ने गरेको छ । बलिउड सेलिब्रेटीले भने आजसम्म विवाहको फोटो र भिडियोको राइट्स बेचेका छैनन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया