यूट्युब ट्रेन्डिङ वानमा ‘कबड्डी कबड्डी कबड्डी’, यूट्युबमा पनि ‘ब्लकबस्टर’

शुक्रबार, ०२ पुस २०७८, १८ : ०८

काठमाडौं, दुई वर्ष अगाडि हलमा ब्लकबस्टर व्यापार गरेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यूट्युबमा सार्वजनिक भएको छ ।  बक्सअफिसमा १४ करोडमाथिको व्यापार गरेको ‘कबड्डी ३’ ले यूट्युबमा रिलिज भएको दुई दिनमा भ्यूजको रेकर्ड नै राखेको छ ।
 
यूट्युबमा रिलिजको २४ घण्टामा १० लाख बढी भ्यूज कमाएको फिल्मलाई दुई दिनमा २४ लाख बढीले हेरिसकेका छन् । सम्भवतः यूट्युब रिलिजको दुई दिनमा नेपाली फिल्मले २४ लाखभन्दा बढी भ्यूज पाएको यो पहिलो रेकर्ड हो । यसअर्थमा यूट्युबमा पनि फिल्मलाई ‘ब्लकबस्टर’ भन्न सकिन्छ । ८३ हजार लाइक्स कमाइसकेको यो फिल्म अहिले यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
 
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराल, कविता आले, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । 


शुक्रबार, ०२ पुस २०७८, १८ : ०८

प्रतिक्रिया