काठमाडौं - गण्डकी प्रदेश सरकारले नेपालको ‘ए डिभिजन फुटबल क्लब’ मनाङ मस्र्याङ्दीलाई रु १० लाख सहयोग गरेको छ । शहीद स्मारक ए डिभिजन लिगमा पहिलोपटक ‘होम एण्ड अवे’को अवधारणामा मनाङले पोखरा रङ्गशालालाई ‘होम ग्राउण्ड’ रोजे पछि फुटबल विकासका लागि भनेर सरकारले सो सहयोग रकम उपलव्ध गराएको हो ।
युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार साँझ आयोजित कार्यक्रममा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) को उपस्थितिमा सहयोग रकम उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ र मनाङका अध्यक्ष मुखिया गुरुङले सम्झौतामा हस्ताक्षर गरे ।
सरकारले उपलब्ध गराएको सो रकम मनाङले टोलीको व्यवस्थापनलगायतमा खर्च गरिने बताइन्छ । यसका साथै प्रदेशको फुटबल विकासका लागि प्रदेश खेलकुद परिषद् गण्डकीसँग मिलेर मनाङले काम गर्ने सदस्य सचिव गुरुङले बताए । प्राविधिकल र पोखरा रङ्गशालाको संरक्षणलगायतको कार्यमा समेत सहयोग गर्ने सम्झौतापत्रमा उल्लेख छ । खेलकुद मन्त्री गुरुङले मनाङजस्तो गर्विलो इतिहास भएको टोलीसँग मिलेर प्रदेशको फुटबल विकासका लागि काम गर्न पाउनु सुुखद् रहेको बताए ।
मनाङले पोखरालाई ‘होम ग्राउण्ड’ रोज्नु स्वागतयोग्य रहेको जनाउँदै मन्त्री गुरुङले प्रदेश सरकारले रु १० लाख रकम व्यवस्थापनका लागि दिए पनि यसको मूल उद्देश्य भविष्यमा उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्नु रहेको उल्लेख गरे । सदस्य सचिव गुरुङले मनाङसँगको सहकार्यले मुर्तरुप लिएको जनाउँदै फुटबल विकासका लागि गरिने आगामी दिन अझै व्यवस्थित योजना बनाउँदै अघि बढ्ने बताए ।
मनाङका अध्यक्ष मुखिया गुरुङले फुटबल विकासका लागि प्रदेश सरकारसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । यस वर्षको शहीद स्मारक लिगअन्तर्गत पाँचौं चरणको खेलमा आज अपराह्न मनाङले पोखरा रङ्गशालामा नेपाल पुलिस क्लबसँग खेल्दै छ । मनाङले पोखरा रङ्गशालालाई घरेलु मैदान बनाएपछि पहिलोपटक पुलिससँग खेल्न लागेको हो । पोखरामा मनाङले तीन खेल खेल्नेछ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।