टोरेसलाई ४.६३ करोड पाउन्ड खर्च गर्दै बार्सिलोनामा अनुबन्ध

२ बर्ष अगाडि

काठमाडौं, स्पेनका फरवार्ड फेरान टोरेस म्यानचेस्टर सिटीबाट बार्सिलोनासँग अनुबन्ध गरेका छन् । उनले सन् २०२७ सम्म क्लबसँग करार गरेका छन् । उनको ‘बाई आउट क्लज’ १ अर्ब युरो राखिएको छ ।  २१ वर्षीय फरवार्डलाई बार्सिलोनाले ४.६३ करोड पाउन्ड खर्च गरेको बताइएको छ ।

सिटीका लागि ४३ खेल खेल्दै उनले १६ गोल गरेका थिए । यो सिजन सिटीका लागि सुरुवाती ६ खेलेपछि उनी साउथह्याम्पटनको खेलमा बेञ्चमा सीमित भएका थिए । त्यसको अर्को महिना स्पेनका लागि खेल्ने क्रममा घाइते भएपछि उनले कुनै पनि खेल खेलेका छैनन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया