फिल्म ‘पुष्पा’को कमाई ३०० करोड नाघ्यो, हिन्दी भर्सनमा मात्र ६२ करोड बढी

२ बर्ष अगाडि

काठमाडौं, डिसेम्बर १७ बाट प्रदर्शनमा आएको साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डबले भारतीय बक्सअफिसमा गरेको कमाई हेर्दा बलिउडका लागि ठूलो चुनौती साउथ फिल्म बनेको देखिन्छ । । 
 
संसारभर तीन सय करोड कमाइसकेको ‘पुष्पा’ ले हिन्दी भर्सनमा मात्रै ६० करोडको आँकडा नघाएको छ । ट्रेड एनालिस्ट तरण आदर्शकले सामाजिक सञ्जालमा फिल्मको १७ दिने कमाई ६२ करोड ९४ लाख रहेको जानकारी दिएका छन् । फिल्मले पहिलो र दोस्रो हप्ताभन्दा तेस्रो हप्ताको विकेन्डमा ठूलो कमाई गरेको छ । शनिवार र आइतवार मात्र फिल्मको कमाई १२ करोडमाथि छ । 
 
हिन्दी भर्सनमा ६२ करोडको कमाईसँगै ‘पुष्पा’ ले फिल्म ‘केजिएफ’ लाई समेत पछाडि छाडेको छ । त्यस्तै, ‘बाहुबली २’, ‘२.०’ र ‘बाहुबली’ पछि हिन्दी भर्सनमा सबैभन्दा बढी कमाई गर्ने चौथो फिल्म बनेको छ । फिल्मले हिन्दी भर्सनमै सय करोडको आँकडा पार गर्ने ट्रेन्ड एनालिस्टको अनुमान छ । सुकुमार निर्देशित यस फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिकामा छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया