२०२२ संगै टिभिएस,होन्डा र हिरोले मोटरसाइकल र स्कुटरमा मूल्य बढाए, कुन मोडलमा कति वृद्धि ?

२ बर्ष अगाडि

काठमाडौं, नेपाली बजारमा टिभिएस, होन्डा र हिरोले आफ्ना अधिकांश मोडलका मोटरसाइकल र स्कुटरमा मूल्य बढाएका छन् । कम्पनीले नयाँ बर्ष २०२२ लाई लक्षित गरी मूल्य बढाएपछि यी बाइक थप महंगो भएको छ । नयाँ मूल्य सुची अनुसार टिभिएसले सबैभन्दा बढी अपाचे आरटीआर १६० फोरभी आरडी रिफ्रेस र टीभीएस एक्सएल १०० मा १० हजार रुपैयाँका दरले बढाएको छ । यी बाइकको मूल्य क्रमशः ३ लाख १८ हजार ९ सय र १ लाख ३८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

त्यसैगरी अपाचे आरटीआर २०० फोरभी एफआई बीएस६ को ६ हजार रुपैयाँले बढेर ३ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको छ भने अपाचे आरटीआर २०० फोरभी एबीएसको५ हजार रुपैयाँले बढेर ३ लाख ६७ हजार ९ सय रुपैयाँ पुगेको छ । अन्य केही मोडलहरुमा १ देखि ४ हजार रुपैयाँ सम्मको दरमा मूल्य वृद्धि गरिएको छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको रेडर र अन्य केही मोडलमा पनि उही मूल्य कायम छ ।

हिरोले आफ्नो अधिकांश मोडलको मूल्यमा १ देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरेको छ । नेपाली बजारमा सबैभन्दा लोकप्रिय रहेको एक्सपल्स २०० को १ हजार ५ सय र स्प्लेन्डर प्लसको १ हजार रुपैयाँले बढेको छ । यी मोटरसाइकलको मूल्य अब क्रमशः ४ लाख ३ हजार ५ सय र १ लाख ९० हजार रुपैयाँ भएको छ ।

त्यसैगरी होन्डाले जारी गरेको नयाँ मूल्य सूची अनुसार साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको मूल्यमा वृद्धि गरिएको छ । अन्य मोटरसाइकल र स्कुटरको मूल्य भने यथावत छ ।

सबैभन्दा बढी बृद्धि होन्डा एक्स–ब्लेडमा गरिएको छ । यसको मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरी ३ लाख ३० हजार ९ सय रुपैयाँ पुगेको छ । साइनका सबै भेरिएन्ट र सीबी युनिकर्न १५० तथा सीबी हर्नेटमा ५ हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया