बिटक्वाईनको मूल्य नोभेम्बरपछि २७ हजार डलरले घट्यो

२ बर्ष अगाडि

काठमाडौं-विश्वको सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी बिटक्वाईनको मूल्य पछिल्लो केही समयदेखि लगातार गिरावट भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन, जनवरी ७ मा बिटक्वाईन ४१ हजार डलर भन्दा पनि तल झर्यो ।

शनिबार पनि बिटक्वाईनको मूल्यमा थप गिरावट भयो । सो दिन यस क्रिप्टोकरेन्सीको मूल्य ४० हजार डलर बराबरमा झरेको थियो । यो मूल्य २०२१ को सेप्टेम्बरपछिको सबैभन्दा सस्तो हो । तर शनिबार रातीसम्ममा भने बिटक्वाईन ४२ हजार डलर भन्दामाथि पुगेको थियो ।

आइतबार भने बिटक्वाईन ४१ हजार डलर आसपासमा खरिदबिक्री भइरहेको छ ।

सबैभन्दा लोक प्रिय क्रिप्टोकरेन्सी बिटक्वाईनको मूल्य २०२१ नोभेम्बरमा ६९ हजार डलरको उचाईँमा पुगेको थियो । तर त्यसपश्चात भने यसको मूल्य अहिलेसम्ममा २७ हजार डलर अर्थात् ४० प्रतिशतले गिरावट आएको छ ।

बिटक्वाईनको मूल्य जनवरी ७ मा ४.९ प्रतिशतसम्म झरेर ४१ हजार ८ डलरसम्म पुगेको थियो । २०२१ मा क्रिप्टोकरेन्सीमा धेरै लगानी भयो र नयाँ वर्षमा पनि लगानी थप बढ्ने अपेक्षा गरिएको 

२ बर्ष अगाडि

प्रतिक्रिया