कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५५ लाख नघ्यो, भारतमा एकैदिन १ लाख ७९ हजारमा पुष्टि

२ बर्ष अगाडि

एजेन्सी - विश्वमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५५ लाख नाघेको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अहिलेसम्म ५५ लाख ५ हजार बढिको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । 

यसैबीच पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १८ लाख ४८ हजारभन्दा बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै केही दिनदेखि विश्वभर सङ्क्रमण फैलने क्रम बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा तीन लाख ६ हजार र भारतमा एक लाख ८० हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा अहिलेसम्म ३० करोड ७८ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ करोड ९५ लाखभन्दा धेरै सङ्क्रमित निको भएका छन् । साथै भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । आइतबार एकै दिन एक लाख ७९ जनामा  संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । दिल्लीमा ३०० प्रहरीमा कोभिड देखिएको छ । त्यस्तै, संसदका ४०० कर्मचारीमा कोभिड संक्रमण देखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया