ज्याकलिन र ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरको सम्बन्ध भएको खुलासा

२ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पछिल्ला दिनहरुमा विवादमा तानिएकी छन् । 

उनको नाम ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग नजिककको सम्बन्ध भएको खुलासा भएको छ । सुकेशसँग सम्बन्धका कारण उनी पछिल्ला दिनहरुमा ईडि अफिसमा धाइरहेकी छन् । ज्याकलिनले सुकेशसँग महँगा उपहार लिएको पनि आरोप लागेको छ । ज्याकलिन र सुकेश सम्बन्धमा थिए । 

तर, उनीहरु सम्बन्धमा भएको कुरा ज्याकलिनले अस्वीकार गरेकी छन् । यद्यपि, पछिल्लो समय ज्याकलिन र सुकेशको तस्बिरले भने उनीहरुको सम्बन्ध भएको खुलाएको छ । ज्याकलिन र सुकेशको सामाजिक सञ्जालमा देखिएको तस्बिरमा ज्याकलिनको घाँटीमा देखिएको चिन्हले उनीहरु नजिकको सम्बन्धमा छन् भन्ने देखिन्छ । 

ज्याकलिनको सम्बन्धको बारेमा यसअघि पनि चर्चा भएका छन् । उनको विभिन्न व्यक्तिहरुसँग नाम जोडिदैँ आएको छ । उनको अफेयरको पहिलो नम्बरमा बहरीनका राजकुमार शेख हसन बिन राशिद अल खलीफाको नाम आउँछ । उनीहरु अफेयरको चर्चा ज्याकलिन बलिउड छिरेपछि सुरु भएको थियो तर ज्याकलिनले भने यस विषयमा कहिल्यै खुलेर बताइनन् । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया