काठमाडौं- साउथ फिल्मका सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा : द राइज’ ले हिन्दी डबले भारतीय बक्सअफिसमा आक्रामक कमाई गर्यो । हिन्दी भर्सनमा मात्र फिल्मले ८० करोडभन्दा बढीको कमाई गरेको छ ।
डिसेम्बर १७ बाट प्रदर्शनमा आएको यो फिल्मले संसारभर साढे ३ सयभन्दा बढीको कमाई गरेको छ । फिल्मले नेपालमा पनि हल बन्द हुनुभन्दा अगाडि आक्रामक कमाई गरिरहेको थियो । यो फिल्मले अल्लू अर्जुनको स्टारडम थप उचाइँमा पुर्याएको छ ।
सुकुमार निर्देशित यस फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्
प्रतिक्रिया