टिभिएस मोटरसाइकल अब एक्सचेन्ज सुबिधा सहित मासिक ६ हजार किस्तामा

२ बर्ष अगाडि

काठमाडौं, नेपालका लागि टिभिएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले मासिक न्युनतम ६ हजार रुपैयाँको किस्तामा नयाँ मोटरसाइकल खरिद गर्न सकिने अयोजना ल्याएको छ । ग्राहकसंग भएको पुरानो मोटरसाइकलसंग टिभिएसको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न चाहने ग्राहकका लागि पुरानो मोटरसाइकलको मूल्यलाई नै डाउनपेमेन्ट मानिने कम्पनीले जनाएको छ ।

नेपाली अटो बजारमा बढीरहेको महंगीसंग जुध्न टिभिएसले यस्तो योजना ल्याएको हो । कम्पनीका सिइओ तथा निर्देशक दिपक अग्रवालका अनुसार यो योजनामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई ब्याजको भार पर्ने छैन ।

यो योजना टिभिएसको नेपालभर रहेका आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया