भारतका दुई बहुप्रतिक्षित फिल्म ‘लाल सिंह चढ्ढा’ र ‘केजिएफ २’संग भिड्दै ‘ए मेरो हजुर ४’

२ बर्ष अगाडि

काठमाडौं, अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को गत शुक्रबार टिजर सार्वजनिक भएको थियो । निर्माण टिमले शुक्रवार बिहान १०ः३५ बजे टिजर सार्वजनिक गरेको हो । टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ । 
 
फिल्मले यसअघि चैत २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो । तर, यसको एक हप्तामा भारतका दुई फिल्म ‘लाल सिंह चढ्ढा’ र ‘केजिएफ २’ आउने भएपछि ‘ए मेरो हजुर ४’ को रिलिज बैशाख दोस्रो साता पुग्ने धेरैको प्रक्षेपण थियो । तर, अब यो फिल्म भारतका दुई ठूला फिल्मसँगै जुध्ने भएको छ । ‘ए मेरो हजुर ४’ ले चैत २५ को डेट छाड्दै बैशाख १ गतेलाई रिलिज तोकेको छ ।
‘ए मेरो हजुर ४’ ले एक हप्ता हलमा एकलौटी प्रभुत्व जमाउने अवस्था रहँदा रहँदै पनि भारतका दुई ठूला फिल्मलाई चुनौती दिन बैशाख १ (अप्रिल १४) मा आउने हिम्मत गर्नु प्रशंसा योग्य छ ।
 
सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको यस फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया