यामाहाको‘डिफाई योर ईएमआई’ अफर,मासिक रु.३,५६२ किस्तामै यामाहा स्कुटर

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले नयाँ अफर सार्वजनिक गरेको छ ।

डिफाई योर ईएमआई अफर अन्तर्गत मासिक ३,५६२ रुपैयाँ सम्म किस्ता तिर्ने गरी यामाहा स्कुटर खरिद गर्न सकिने छ । यसो हुँदा दैनिक रुपमा ११९ रुपैयाँ सम्म मात्र तिरे पुग्ने हिसाब हुन्छ । त्यसैगरी ईएमआई तिर्दा आफूलाई मिल्ने समय अनुसार ३ वटा ईएमआई छुट समेत प्राप्त हुनेछ ।

यामाहाका सबै मोडलका स्कुटरमा यो अफर उपलब्ध हुनेछ । नेपाली बजारमा यामाहाका फेसिनो, रेजी र रेजीआरका विभिन्न भेरिएन्टका स्कुटर उपलब्ध छन् ।

फेसिनो ११३ को मूल्य २ लाख १८ हजार ९ सय र फेसिनो १२५ एफआईको मूल्य २ लाख ६७ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी रेजी ११३ को मूल्य २ लाख ९ हजार ९ सय रुपैयाँ छ ।

रे जीआर स्ट्रिट (याली ११३ को मूल्य २ लाख २० हजार ९ सय, रे जीआर १२५ एफआईको मूल्य २ लाख ६५ हजार ९ सय र रे जीआर स्ट्रिट याली एफआईको मूल्य २ लाख ७५ हजार ९ सय रुपैयाँ छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया