कोरोना संक्रमणको नयाँ रेकर्ड : उपत्यकामा आजदेखि सवारी साधानमा जोर बिजोर प्रणाली लागू

२ बर्ष अगाडि

काठमाडौं - आजबाट काठमाडौं उपत्यकामा गुड्ने सवारी साधानमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका तीन प्रमुख जिल्ला आधिकारीहरुको हिजो बसेको बैठकले आज राति १२ बजेदेखि सवारी साधानमा जोरबिजोर प्रणली लागू गर्ने निर्णय गरेको हो ।

त्यस अनुसार उपत्यकामा गुड्ने सार्वजनिक तथा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणालीमा चल्नेछन् । स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोर बिजोर लागू नहुने जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ ।

सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनु पर्नेछ । हिजो एकैदिन १२ हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पृष्टि भएको थियो । २७ हजार ४९७ जनामा कोरोना परिक्षण गर्दा १२ हजार ३३८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो कोरोना महामारी सुरु भएयता पुष्टि भएको सबैभन्दा बढी संख्या हो । हिजो परीक्षण गरिएका नमुनामध्ये ४४।८७ प्रतिशतमा कोरोना संक्रमण देखिएको हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया