अभिनेत्री प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान, कारण के ?

आइतबार, ०६ चैत्र २०७८, १६ : ०३

काठमाडौं, ‘क्रिप्टोकरेन्सी’को प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीमाथि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ । 

अनुसन्धानका लागि आइतबार उनलाई ब्युरोमा बोलाइएको हो । केही समयअघि सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन् –‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।’ 

क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले  निर्देशन दिएको छ । 

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेको बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको थियो । 

आइतबार, ०६ चैत्र २०७८, १६ : ०३

प्रतिक्रिया