ताजा समाचार

२०२० को युरोकपको उपाधि जितेका इटाली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित

शुक्रबार, ११ चैत्र २०७८, ०७ : ३८

एजेन्सी - युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो ।

खेलको ९२औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले निर्णायक गोल गर्दै म्यासेडोनियालाई ऐतिहासिक जीत दिलाए । गोलसँगै म्यासेडोनियाको बेञ्चमा खुसियाली छाएको थियो भने इटालीका खेलाडी र कोचिङ स्टाफ घरेलु फ्यान अगाडि घुँडा टेकेका थिए । 

योसँगै इटाली लगातार दोस्रोपटक विश्वकप खेल्नबाट बञ्चित बनेको छ । जबकि आठ महिनाअघि मात्र रोबार्टो मान्चिनीको टोलीले इंग्ल्याण्डलाई वेम्बलीमा हराउँदै सन् २०२० को युरोकपको उपाधि जितेको थियो । 

यता म्यासेडोनियाले अब विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलको सामना गर्नेछ ।   

शुक्रबार, ११ चैत्र २०७८, ०७ : ३८

प्रतिक्रिया