टाटा मोटर्सको‘टाटा मोटर्स केयर प्लस’प्याकेज, यस्ता छन् सुविधा

सोमबार, २१ चैत्र २०७८, १० : ०१

काठमाडौं, टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ‘टाटा मोटर्स केयर प्लस’ ल्याएको छ। 

कम्पनीका अनुसार केयर प्लस एक यस्तो मर्मत योजना हो जसले सवारी चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ। टाटा मोटर्सले हाल नेपाली बजारमा नौ विभिन्न मोडलहरू बिक्री गरिरहेको छ ।

यद्यपि, केयर प्लस हाल टाटा नेक्सन पेट्रोलमा मात्र उपलब्ध छ र निकट भविष्यमा अन्य मोडलहरूमा पनि यसको सेवा विस्तार गर्ने योजनामा रहेको कम्पनीको भनाइ छ ।

ग्राहकहरूले अब आफ्ना सवारी साधनहरूको सहज र समस्यामुक्त सञ्चालन सुनिश्चित गर्न सक्नेछन् । यसका साथै केयर प्लसमा सवारी मर्मत, व्हिल अलाइनमेन्ट र सवारी साधनको धुलाई सहित निर्धारित सेवाहरू समावेश गरिएको छ । जसअनुसार ग्राहकले गाडी बिक्री भएको मितिदेखि ३६५ दिनभित्र वा १५ हजार ५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन्। केयर प्लस प्याकेज सिप्रदीका सबै २४ सेवा केन्द्रहरूमा उपलब्ध हुनेछ।

सोमबार, २१ चैत्र २०७८, १० : ०१

प्रतिक्रिया