एजेन्सी - गत मार्च महिनामा रुसमा कारको बिक्री ६० प्रतिशतले घटेको छ । रुसले युक्रेनमा आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय अटो कम्पनीहरु शोरुमहरु खाली गर्दै बाहिरएपछि रुसमा कारको बिक्रीमा व्यापक कमी आएको हो ।
युद्धले निम्त्याएको आर्थिक मन्दीको परिणामस्वरुप उपभोक्ताले आफ्नो खर्च अत्यावश्यक वस्तु खरिदमा केन्द्रित गरेका छन् । यसले समेत रुसमा कारको बिक्रीमा कमी आएको जनाइएको छ । टोयोटा मोटर कर्प र भोल्सवागेनजस्ता कम्पनीहरुले रुसमा आफ्नो उत्पादन बन्द गरेसँगै मार्च महिनामा रुसमा कारको मूल्य ४० प्रतिशतले वृद्धि भएको छ ।
उपभोक्ताले न्यून अप्सन र उच्च मूल्यको सामना गरिरहनुपरेका बेला रुसी सरकार भने स्वदेशी उत्पादनलाई बढावा दिनतर्फ अग्रसर भएको छ । युरोप र जापानबाट हुने कार आयातलाई चिनियाँ र भारतीय मोडलले प्रतिस्थापन गर्ने देखिएको छ ।
रुसमा व्यवसाय बन्द गर्ने अन्तर्राष्ट्रिय अटो कम्पनीको संख्या बढ्दैछ । फोर्ड मोटर कर्प र होन्डा मोटरले रुसमा गर्ने गरेको कार र स्पेर पार्टको निर्यात बन्द गरेका छन् ।
प्रतिक्रिया