एड्भेन्चर सेग्मेन्टका मोटरसाइकललाई टक्कर दिन भी–स्ट्रोम २५० सार्वजनिक

शनिबार, २६ चैत्र २०७८, १४ : २४

काठमाडौं - एड्भेन्चर सेग्मेन्टका मोटरसाइकललाई टक्कर दिन सुजुकीले पहिलो एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० भारतीय बजारमा सार्वजनिक गरेको छ ।

२४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन दिइएको छ जसले अधिकतम पावर २६।५ पिएस र टर्क २२।२ एनएम दिन्छ ।

त्यसैगरी सुजुकी एड्भेन्चरमा एलइडी हेडलाइट, पवारयुक्त एलइडी टेल लाइट ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम जस्ता बिशेषता दिइएको छ । भारतीय बजारमा यो मोटरसाइकलको मूल्य २ लाख १२ हजार भारु तोकिएको छ ।

सुजुकी एड्भेन्चर भीस्टोम २५०ले केटिएम २५० एड्भेन्चर र बेनेली टिआरके २५१ संग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

पहिलो एड्भेन्चर बाइक भएको कारण पनि सुजुकी एड्भेन्चर भीस्टोम २५० नेपाली बजारमा आउने छ । नेपाली बजारमा आउँदा यो मोटरसाइकलको मूल्य ७ लाख हाराहारी पर्न आउने अनुमान गरिएको छ ।

शनिबार, २६ चैत्र २०७८, १४ : २४

प्रतिक्रिया