काठमाडौं - नेपालका लागि हुन्डाइ मोटर्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीका लागि पूर्वाधार थप्दै जाने भएको छ । हाल चार्जिङ स्टेसन संख्या ४० पुर्याएको कम्पनीले जनाएको छ ।
ग्राहकलाई आवश्यकता अनुसारको सेवा सुलभ रूपमा पाइने व्यवस्थाका लागि योजनाबद्ध तवरले काम गरिरहेको छ । विद्युतीय गाडीमा बढ्दो आकर्षणसँगै हुन्डाइका इभी प्रयोगकर्ताका लागि चार्जिङ सुविधा सहज बनाउनै ल्याएको कम्पनीले जनाएको हो ।
लक्ष्मीले शुक्रबार पाटनको औधोगिक क्षेत्रस्थित आफ्नो अत्याधुनिक विद्युतीय तालिम केन्द्रमा भेलाको आयोजना गरेको थियो । भेलामा उपस्थित सञ्चारकर्मीलाई कम्पनीले डेडिकेटेड सोरुम, दिगो सञ्चालन योजना र विद्युतीय गाडीका प्राविधिक पक्षमा विषयमा बारेमा जानकारी दिइएको थियो ।
भेलाका सहभागीलाई पाटनको औद्योगिक क्षेत्रमा रहेको हुन्डाइ तालिम केन्द्रमा लगेर विभिन्न प्रस्तुतिमार्फत् हुन्डाइका विद्युतीय गाडीको पूर्वाधार र सञ्चालन सम्बन्धि विभिन्न जानकारी दिएको थियो ।
हाल ४० चार्जिङ स्टेसनहरु रहेको र यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया