एजेन्सी - भारतको चेन्नईस्थित एउटा प्रविधि कम्पनीले हालै आश्चर्य चकित हुने खालको उपहार दिएको छ । प्रविधि कम्पनी सफ्टवेयर कम्पनी आइडियास टू आइटीले १०० जना कर्मचारीलाई उपहार स्वरुप १०० थान मारुति कार दिएको छ ।
उक्त कम्पनीमा कार्यरत एक जना कर्मचारी प्रशान्तले कम्पनीले पहिले पनि उपहारस्वरुप आईफोन तथा सुनको सिक्काहरु उपहार दिने गरेको बताए । तर यो वर्ष कम्पनीले कार नै उपहार देला भन्ने आफूलाई नलागेको उनले बताए ।
उनलाई यो सरप्राइज गिफ्टको बारेमा केही घण्टा अघि मात्र थाहा भएको थियो । उनले भने, ‘वास्तवमा हाम्रा लागि कार उपहार असाध्यै खुशीको कुरा हो । हामी कर्मचारीको तर्फबाट कम्पनीलाई धेरै ( धेरै धन्यवाद दिन चाहन्छौं ।’
कम्पनीले जारी गरेको एउटा बयानमा कोरोना महामारीको बेला अस्तित्वमा आएको संकटलाई पार गर्न र प्रतिकूल परिस्थितिमा पनि निरन्तर कार्य गरी मद्दत गर्ने कर्मचारीलाई यो उपहार दिएको उल्लेख छ ।
कम्पनीका अध्यक्ष तथा सीईओ मुरली विवेकानन्दनले भने, ‘हामीले कार उपहार नदिएको भई देशलाई प्रविधिको क्षेत्रबाट अगाडि बढाउन पुर्याएको योगदान स्वरुप कर्मचारीलाई पुरस्कृत गरेको मात्र हो । यो त एउटा प्रयास मात्र हो, हामी निकट भविष्यमा यस्तै खालका अरु प्रयास पनि गर्ने छौं ।’
प्रतिक्रिया