डिशहोमले बजारमा ल्यायो इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन

आइतबार, ११ बैशाख २०७९, ०९ : ५१

काठमाडौं - डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ । 

भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक’ मा शनिबार यो प्रविधिको कम्पनीले लन्च गरेको हो । कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरेका हुन् । 

डिशहोमले ल्याएको क्याम्पस वाईफाई सिक्स विशेषगरी धेरै मानिस काम गर्ने बैंक, बीमा, सरकारी कार्यालय, विद्यालय तथा क्याम्पस, होटल, रेष्टुरेन्ट आदि जस्ता शैक्षिक संस्था, विज्ञान तथा अनुसन्धानमूलक संस्था, व्यवसायिक संस्था, सुपरमार्केट, रंगशालाका लागि उपयोगी हुन्छ । 

आइतबार, ११ बैशाख २०७९, ०९ : ५१

प्रतिक्रिया