बक्सअफिसमा पछारियो शाहिद कपूरको फिल्म ‘जर्सी’, विकेन्डमा जम्मा १५ करोड मात्र कमाई

१ बर्ष अगाडि

काठमाडौं, साउथ फिल्म ‘केजीएफ २’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । प्रदर्शनको पहिलो हप्ता २ सय ५० करोडको आँकडा पार गरेको फिल्मले दोस्रो हप्ताको विकेन्डसम्म आइपुग्दा हिन्दी भर्सनमा मात्र ३ सय २१ करोड कमाएको छ । फिल्मले दोस्रो हप्तामा पनि प्रत्येक दिन १५(२० करोड कमाईरहेको छ । फिल्मले हिन्दी भर्सनमा मात्र ५ सय करोड छाप्ने अनुमान गरिएको छ । 
 
‘केजीएफ २’ले बक्सअफिसमा बलियो पकड बनाइरहँदा यसै शुक्रवारबाट अभिनेता शाहिद कपूर अभिनीत फिल्म ‘जर्सी’ रिलिज भयो । साउथको सुपरहिट फिल्म ‘जर्सी’को रिमेक भएकाले फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने धेरैको आँकलन थियो । तर, ‘फिल्मले विकेन्डमा जम्मा १५ करोड मात्र कमाउन सफल भएको छ ।
 
सन् २०१९ मा आएको अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ले बक्सअफिसमा २ सय ७५ करोडको व्यापार गरेको थियो । यसको १० प्रतिशत कमाई गर्न पनि ‘जर्सी’का लागि मुश्किल पर्ने देखिन्छ । ४० करोडमा बनेको फिल्मले घरेलु बजारबाट लगानी उठाउने सम्भावना समेत न्यून बनेको छ । फिल्ममा शाहिद कपूरसँगै पंकज कपूर र मृणाल ठाकुर पनि मुख्य भूमिकामा छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया