यामाहाको “महा एक्सेन्ज मेला” सुरू, २० लाखसम्मको बम्पर उपहार !

१ बर्ष अगाडि

काठमाडौं - यामाहाको “महा एक्सेन्ज मेला” सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा “महा एक्सचेन्ज मेला” बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको हो । 

एक हप्ता लामो यस महा मेला बैशाख २२ गतेसम्म आयोजना हुनेछ । नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।

केके छन् सुविधाहरू ?
मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ । 

साथै, यस “महा एक्सचेन्ज मेला” मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकलरस्कुटर खरिद गर्ने ग्ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर “मल्टिप्लाई योर ह्यापिनेस २०७९*१००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन् । “मल्टिप्लाई योर ह्यापिनेस २०७९*१००० टाइम्स” अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा रू २ लाख ७ हजार ९०० रुपैयाँ, स्योर शटमा रू ८ हजार ३१६ रुपैयाँ  र बम्पर उपहारमा रू २० लाख ७९ हजार सम्म जित्न सक्नेछन् । 

एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ ।

यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइकरस्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुबिधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइकरस्कुटर लिने सुबिधा दिइने कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरीज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, “डोर प्राइज”, र “डेली क्वीज” जस्ता आकर्षणहरू रहेका छन् ।

“गत वर्षझैँ नेपाली बाइक प्रेमीहरूलाई यामाहाको उत्कृष्ट नवीन  टेक्नोलोजीहरूसँग परिचित गराउने उद्देश्यका साथ हामीले नेपालकै सर्वाधिक ठूलो यामाहाको “महा एक्सचेन्ज मेला” आयोजना गरेका छौँ । यस मेलाको भरपूर लाभ उठाउन नेपाली बाइक प्रेमीहरूको उत्साहजनक सहभागीता रहनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।” यामाहा नेपालका सिईओ राजु क्षेत्रीले बताए । 

‘महा एक्सचेन्ज मेला’ को उद्धाटन प्रख्यात नेपाली सिनेकर्मी अनमोल केसीद्वारा गरिने कार्यक्रम रहेको छ । मेलामा विभिन्न क्षेत्रका बरिष्ठ व्यक्तित्वलगायत प्रख्यात सेलिब्रेटी एवम् कलाकारहरूको पनि सहभागिता रहने कम्पनीले जनकारी दिएको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया