‘टाटा अभिन्या’ सार्वजनिक

१ बर्ष अगाडि

एजेन्सी - टाटा मोटर्सले आफ्नो नयाँ कन्सेप्ट कार ‘टाटा अभिन्या’ सार्वजनिक गरेको छ ।

यो कार टाटाको नयाँ इलेक्ट्रिक भेइकल प्लेटफर्ममा आधारित छ । यो कार ३० मिनेट चार्ज गरेपछि ५०० किलोमिटर कुद्ने कम्पनीले जनाएको छ । कारको ड्राइभर र फ्रन्ट प्यासेन्जर सिट ३६० डिग्रीसम्म घुम्नेछ । 

टाटा अभिन्याको डिजाइन भविष्यमा आधारित छ । यसलाई सामान्य र मिनिमलिस्टक राखिएको छ । यसको ह्विलमा एउटा टच प्यानल दिइएको छ र यसैबाट कारको सम्पूर्ण फिचर्स कन्ट्रोल हुन्छ । संगीत सुन्दा पर्सनलाइज अनुभव प्रदान गर्नका लागि कारको प्रत्येक सिटको हेडरेस्टमा स्पिकर उपलब्ध गराइएको छ ।

यसको फ्रन्ट ग्रिललाई बोल्ड लुक्स दिइएको छ । जसका कारण यो कार बीएमडब्ल्यू र अडीजस्तो देखिन्छ । यसपटक टाटा मोटर्सले कारको सफ्टवेयरमा बढी ध्यान केन्द्रित गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया