हालै भित्रिएको यामाहा एफजेटएक्स भि थ्रिको मूल्य कति ?

१ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा हालै यामाहाको नयाँ मोडल यामाहा एफजेटएक्स भि थ्रि भित्रिएको छ । 

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले लामो समयको प्रतिक्षपछि प्रविधि युक्त नयाँ डिजाइनमा एक्स मोडल बजारमा ल्याएको हो । यो मोटरसाइकल एफजेट एक्स भी ३ मा आधारित भएर डिजाइन गरिएको छ ।

इन्जिन
एफजेड एक्स मोटरसाइकलमा १४९ सीसी क्षमताको एफआई इन्जिन राखिएको छ जसले ७२५० आरपीएममा अधिकतम १२।४ पीएस पावर र ५५०० आरपीएममा १३।३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको कम्पनीले जनाएको छ ।

खासगरी एफजेड एक्स मोटरसाइकलमा एलइडी हेड ल्याम्प,ब्लुटुथ कनेक्टिभिटी सिंगल च्यानल एबीएस,कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन,दुबै चक्कामा डिस्क ब्रेक, फुल डिजिटल इन्ट्रुमेन्ट लगायतका फिचर उपलब्ध रहेको बताइएको छ ।

डिजाइन
ग्राहकले सधैँ नयाँ उत्पादन खोज्ने र रुचाउने गरेको पाइन्छ । यामाहाको रेट्रो डिजाइन नेपालको लागि नौलो हो । यसअघि नेपाल आएका फरक डिजाइनका आर १५ र एमटी १५ ले पनि ठूलो सफलता पाएका थिए ।

यामाहाले रेट्रो डिजाइनमा इन्ट्री लेवल मोटरसाइकल बजारमा ल्याएको कारण यसले पनि राम्रै सफलता पाउने अनुमान गर्न सकिन्छ । रेट्रो डिजाइनसँगै आधुनिक फिचरका कारण यो मोटरसाइकल ग्राहकको रोजाईमा पर्ने देखिन्छ ।

कम्पनीले लामो समयदेखि नेपाली सडकमा परिक्षण पश्चात बजारमा उतारेको रेट्रो डिजाइन मोटरसाइकल धेरै युवाको छनोटमा पर्ने पक्का यामाहाले नेपाली बजारमा विक्री गर्दै आएका रेगुलर मोटरसाइकल भन्दा भिन्न डिजाइन भएकै कारण यसको चर्चा धेरै छ ।

मूल्य
यामाहाका मोटरसाइकलहरु एकदमै ग्राहकमैत्री हुने ग्राहकको बुझाई रहेको पाइन्छ । रेट्रो डिजाइनमा रहेको यो मोटरसाइकलको मूल्य ४ लाख २७ हजार रुपैयाँ तोकिएको छ । अहिले अधिकांश १२५ सीसीका मोटरसाइकलको मूल्य नै ३ लाख तोकिन थालिसकेको छ । 

त्यसमा पनि फरक डिजाइनको साथ बजारमा आएको उच्च माइलेज दिने एफजेड–एक्सलाई बजेटमैत्री मोटरसाइकल मान्न सकिन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया