केजिएफ २’ ले पार गर्‍यो एक हजार करोड आकडाँ, हिन्दी भर्सनमा मात्रै तीन सय ५३ करोड माथि कमाई

१ बर्ष अगाडि

फिल्म ‘केजिएफस् च्याप्टर २’ ले विश्वव्यापी रुपमा एक हजार करोड भारतीय रुपैयाँ कमाएको छ। 

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार ‘केजिएफ २’ एक हजार करोड क्लबमा समावेश हुने चौथो भारतीय फिल्म हो। यसअघि ‘आरआरआर’ ले एक हजार एक सय १५ करोड, ‘बाहुबली २’ ले एक हजार आठ सय १० करोड र ‘दंगल’ ले दुई हजार २४ करोड कमाएको छ। ‘केजिएफ’ ले तेस्रो नम्बरसम्म स्थान बनाउने भारतीय व्यापार विश्लेषकहरूको अनुमान छ। 

‘केजिएफ २’ ले विश्वव्यापी रुपमा दिनमै ३० करोड भारु माथिको व्यापार गरिरहेको हुँदा यसले ‘आरआरआर’ को व्यापारलाई उछिन्ने देखिन्छ।

‘केजिएफ २’ ले केही दिनमै ‘आरआरआर’ को लाइफ टाइम व्यापारलाई पनि पार गर्ने भारतीय सञ्चार माध्यम इन्डिया टु डेमा उल्लेख छ।

‘केजिएफ २’ ले हिन्दी भाषामा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। बलिउड फिल्म ‘जर्सी’, ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ प्रदर्शनमा आउँदा पनि ‘केजिएफ’ को व्यापारमा खासै असर परेको छैन। भारतीय व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले हिन्दी भर्सनमा मात्रै तीन सय ५३ करोड ६ लाख कमाएको छ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया