ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत

१ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको सम्पत्ति जफत गरिएको छ । भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार ज्याकलिनको नाममा रहेको ७.१२ करोड बराबरको सम्पत्ति जफत गरिएको हो । 

पछिल्लो खबरअनुसार प्रवद्र्धन निर्देशनालय (ईडी)ले दुई सय करोड मनी लाउन्ड्रिङ मुद्दामा मुछिएकी ज्याकलिनको सात करोड भारु बराबरको सम्पत्ति जफत गरेको छ ।

उक्त सम्पत्तिमध्ये ५.७१ करोड भारु चन्द्रशेखरले ज्याकलिनलाई उपहार दिएको ठानिएको छ । साथै, चन्द्रशेखरले ज्याकलिनको परिवारलाई १ लाख ७३ हजार अमेरिकी डलरदेखि २७ हजार डलरसम्म रकम दिएको अनुमान गरिएको छ । 

यसअघि ईडीसँगको बयानमा सुकेशले ज्याकलिनलाई गुसी च्यानलमार्फत १५ जोडी इयररिङ, मूल्यवान ब्याग र अन्य विलासी सामग्री गिफ्ट दिएको बताएका थिए । साथै, सात करोड बराबरको गहना र एस्पुला नामक घोडा पनि उपहार दिएको सुकेशले बताएका थिए ।

अमेरिकामा बसोबास गर्दै आएकी ज्याकलिनकी बहिनीलाई पनि सुकेशले १ लाख ५० हजार अमेरिकी डलर ऋण समेत दिएको जनाइएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया