भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीको बिक्रीमा गिरावट

आइतबार, १८ बैशाख २०७९, १७ : ४०

एजेन्सी - भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीको बिक्रीमा गिरावट आएको छ । अप्रिल महिनामा कम्पनीको कार बिक्रीमा ६ प्रतिशतको गिरावट आएको हो । 

कम्पनीले जारी गरेको रिपार्टका अनुसार अप्रिल महिनामा कम्पनीको कार बिक्री १ लाख ५० हजार ६६१ युनिटले घटेको छ। गत मार्च महिनामा पनि कम्पनीको घरेलु कार बिक्री ७ प्रतिशतले घटेको थियो । 

कम्पनीको मिनी कार अल्टो र एस–प्रेसोको बिक्री ३२ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।


 

आइतबार, १८ बैशाख २०७९, १७ : ४०

प्रतिक्रिया