काठमाडौं, नेपालको अग्रणी केबल ब्राण्ड लिट्मस केबलले अप्रिल ३० देखि मे ९ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बिचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ ।
सिरिजको तालिका अनुसार नेपालले ३० अप्रिल, २ मे र ४ मेमा ३ वटा एकदिवसीय खेल खेल्नेछ भने ३ वटा टी–२० खेल ६, ७ र ९ मेमा खेल्नेछ ।
रमेश कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ‘राष्ट्रिय टिम संग सहकार्य गर्न पाउदा हामी गौरवान्वित भएका छौ।’ यो सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्याउने छ भन्ने कुरामा म विश्वस्त छु । हामी नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई हार्दिक शुभकामना र हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड (ACSR) उत्पादन कम्पनी हो । यस कम्पनिले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरि लिटमस केबल्स ब्रान्ड अन्तर्गत उच्च गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।
लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।