काठमाडौं, यही अप्रिल २९ बाट प्रदर्शनमा आएको साउथ नयाँ फिल्म ‘आचार्य’ले बक्सअफिसमा घुँडा टेकेको छ । रामचरणले पिता चिरञ्जीवीसँग एकसाथ काम गरेका कारण यो फिल्मले बक्सअफिसमा आक्रामक कमाई गर्ने आँकलन गरिएको थियो । तर, खराब रिभ्यूका कारण फिल्मको व्यापार चौपट बनेको छ ।
फिल्मले वर्ल्डवाइड रुपमा कमजोर व्यापार गरिरहेको छ । पहिलो दिन विश्वभर फिल्मले ५१ करोड ७ लाख कमाएको थियो । यसलाई फिल्मको सुखद् ओपनिङ मान्न सकिन्छ । तर, दोस्रो दिनबाट फिल्मको कमाईमा ठूलो गिरावट आएको छ । दोस्रो दिन फिल्मले १२ करोड ४३ लाख र तेस्रो दिन ७ करोड ९५ लाख कमायो । फिल्मको तीन दिने कमाई ७१ करोड ४५ लाख पुगेको छ ।
‘आचार्य’ चिरञ्जीवी र राम चरणको होम प्रोडक्सनको फिल्म थियो । एक सय ४० करोडको लगानीमा उनीहरुले फिल्म बनाएका थिए । तर, फिल्मले विश्वभरको कमाईबाट पनि लगानी उठाउन नसक्ने देखिएको छ । यो फिल्मको व्यापारले रामचरणले खेलेका सबै फिल्म हिट हुन्छ भन्ने मान्यता भंग भएको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।