च्याम्पियन्स लिग : रियल मड्रिड फाइनलमा प्रवेश, उपाधिका लागि लिभरपुलसँग खेल्ने

१ बर्ष अगाडि

एजेन्सी - रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  

गएराति घरेलु मैदानमा भएको सेमिफाइलनको दोस्रो लेगमा इङ्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३–१ को जित निकाल्दै रियल उपाधिनजिक पुगेको हो ।

पहिलो लेगमा ४–३ को जित निकालेको सिटीले दोस्रो लेगको ७३औं मिनेटमा रियाद महारेजको गोलमार्फत् अग्रता बनाएको थियो ।  

तर, अन्तिम मिनेटमा रोड्रिगोले दुई गोल फर्काएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । खेलको ९०औं मिनेटमा रोड्रिगोले बराबरी गोल फर्काएका थिए । 

त्यसको अर्को मिनेटमा उनले नै गोल गर्दै रियललाई खेलमा फर्काए । त्यसपछि ९५औं मिनेटमा प्राप्त पेनाल्टीमा बेन्जेमाले गोल गर्दै रियललाई फाइनलमा पुर्‍याए ।

अब रियलले मे २९ मा उपाधिका लागि लिभरपुलसँग खेल्ने छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया