यामाहाको नयाँ मोटरसाइकल आर१५ एम नेपाल भित्रियो, कति पर्ला मूल्य ?

१ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर१५ एम भित्रिएको छ । यामाहाले भृकुटीमण्डपमा गरिरहेको महा एक्सचेन्ज मेलामा सो मोटरसाइकल प्रदर्शन गरेको छ । 

यामाहाको एम सिरिजको मोटरसाइकल आर१५एममा पहिलेकै आर१५ मा भएको १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ । यसमा ६–स्पिड गियरबक्स दिइएको छ ।

क्विकसिफ्टर यसमा भएको विशेष फिचर हो । यसका कारण निश्चित गति भन्दा बढी चलाउदा गियरसिफ्ट आर्फै हुन्छ र घटाउदा मात्र गियरको प्रयोग गर्नुपर्छ । त्यसैगरी यसमा अपसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन छ, जसले गर्दा ट्राफिक जाम भएको समयमा चलाउन सहज हुन्छ ।

यो बाइकमा प्रोजेक्टर एलईडी ल्याम्प छ भने एरोडाइनामिक बडीले यसको लुक आकर्षक देखिएको छ । डिजिटल कन्सोल भएको सो बाइकमा स्पोर्ट र स्ट्रिट गरी दुई राइडिङ मोड उपलब्ध छ ।

त्यसैगरी यो बाइकमा साइड स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर आदि विशेषता उपलब्ध छन् ।

यसको मूल्य भने अहिले तोकिएको छैन । केही दिन पश्चात औपचारिक लन्च गरिने र यसको मूल्य पनि सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया