फेसबुकले दुई फिचर बन्द गर्ने, कुन-कुन ?

सोमबार, २६ बैशाख २०७९, १४ : ५०

एजेन्सी - सामाजिक सञ्जाल फेसबुकले आफ्ना दुईवटा फिचरहरु बन्द गर्ने भएको छ ।

फेसबुकले लोकेसन बेस्ड फिचर नियर फ्रेन्डस् एन्ड वेदर अलर्टस् बन्द गर्न लागेको हो । नियर फ्रेन्ड्सबाट प्रयोगकर्ताले फेसबुक साथीहरुको स्थान ट्रयाक र सेअर गर्न सक्छन् ।

फेसबुकले बन्द गरिरहेको अर्को फिचर भनेको वेदर अलर्टस सुविधा हो । यसबाट प्रयोगकर्तालाई मौसमको जानकारी दिइन्छ । 

फेसबुकले जारी गरेको सूचनाअनुसार यी दुवै फिचरले ३१ मेपछि काम गर्ने छैनन् ।

सोमबार, २६ बैशाख २०७९, १४ : ५०

प्रतिक्रिया