काठमाडौं, चौथो हप्ता (बैशाख २३) बाट काठमाडौंका मल्टीप्लेक्सहरुले ‘ए मेरो हजुर ४’ लाई औपचारिक रुपमा विदाई गरे । बैशाख १ गतेबाट प्रदर्शन थालनी गरेको फिल्म ‘ए मेरो हजुर ४’ तीन हप्तासम्म निर्धक्क चल्यो । साउथ फिल्मको चेपुवाका बीच पनि फिल्मले तीन हप्तामा झन्डै ६ करोड पैसा छाप्यो ।
एकातिर ठूला विदेशी फिल्मको ताँती अनि अर्कोतिर हप्तैपिच्छे नेपाली फिल्म रिलिज भएकाले शो संख्या मिलाउन ‘केजीएफ २’लाई मात्र यथावत् राख्दै ‘ए मेरो हजुर ४’को सम्पूर्ण शो काटिएको थियो । तर, २४ घण्टामै फेरि केही मल्टीप्लेक्सहरुले फिल्मलाई पर्दामा फर्काएका छन् ।
बैशाख १६ मा रिलिज भएको नेपाली फिल्म ‘मन्त्र’सँगै दुई बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’को व्यापार कमजोर हुनु र बैशाख २३ मा रिलिज भएका दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ले दर्शक तान्न नसकेपछि मल्टीप्लेक्सहरुले ‘ए मेरो हजुर ४’लाई फेरि चलाएका हुन् । फिल्मलाई पुनः चलाउँदा पनि अन्य नेपाली फिल्मको भन्दा व्यापार राम्रो रहेको बताइएको छ ।
‘ए मेरो हजुर ४’ले तेस्रो हप्ताको अन्तिमसम्म घरेलु बजारबाटै लगानी सुरक्षित गरिसकेको निर्माताले जानकारी दिएका छन् । अब हलबाट हुने आम्दानी फिल्मको नाफा हुनेछ । त्यस्तै, फिल्मको डिजिटल र ओभरसिज राइट्स पनि महंगोमा विक्री भइसकेको छ । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी र सुहाना थापा लिड रोलमा छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.८८ | १२९.५१ |
GBP (UK POUND STERLING) | १ | १५१.४५ | १५२.१८ |
CHF (SWISS FRANC) | १ | १२३.१४ | १२३.७४ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.५८ | ८५.९९ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.६६ | ९६.१३ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.६८ | ८९.११ |
JPY (JAPANESE YEN) | १० | ९.५६ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.८५ | ३४.०१ |
THB (THAI BAHT) | १ | ३.५५ | ३.५७ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६३ | ९.६७ |
SEK (SWEDISH KRONER) | १ | १२.२६ | १२.३२ |
DKK (DANISH KRONER) | १ | १७.३२ | १७.४० |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.५९ | ४०४.५४ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९२ | ३२९.५१ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।