काठमाडौं - काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् ।
१ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन् । यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन् । श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन् ।
मेयरमा भने बालेन शाहले सुरुवाती अग्रता लिएका छन् ।
प्रतिक्रिया