मोन्टपेलियर माथि पीएसजी फराकिलो जित, मेस्सीको दुई गोल

१ बर्ष अगाडि

एजेन्सी - पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फ्रेन्च लिग वान फुटबलमा फराकिलो जित निकालेको छ । ​पीएसजीले शनिबार मोन्टपेलियरलाई ४–० गोल अन्तरले हराएको हो ।

पीएसजीलाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए ।

२० औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २–० को बनाए । २६ औं मिनेटमा डी मारियाले गोल गर्दा पीएसजीको अग्रता ३–० बन्यो । ६० औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाए ।

जितसँगै शीर्ष स्थानको पीएसजीले ३७ खेलमा ८३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा यथावत छ । पीएसजीले लिग उपाधि चार खेल अगावै जितेको थियो । 

पराजित मोन्टपेलियर ४३ अंक जोडेर १३ औं स्थानमा छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया