मतदान र मतगणना कार्यमा सत्ता गठबन्धनले धाँधली भएको एमालेको आरोप

आइतबार, ०१ जेठ २०७९, १७ : ४४

काठमाडौं- नेकपा एमालेले स्थानीय तह निर्वाचनको मतदान र मतगणना कार्यमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ।

एमाले महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले योजनाबद्ध ढंगले धाँधली गरेको आरोप लगाएका हुन्। ‘हामी सत्ता गठबन्धनबाट एमालेविरुद्ध गरिएको मोर्चाबन्दीका बाबजुद निर्वाचनमा उभिएको पार्टी हो’, विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको, योजनाबद्ध धाँधीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौँ।’

निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको विज्ञप्तिमा दाबी गरिएको छ। ‘सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ’, विज्ञप्तिमा भनिएको छ। 
 

आइतबार, ०१ जेठ २०७९, १७ : ४४

प्रतिक्रिया