गुल्मीको चन्द्रकोटमा कांग्रेस–माओवादी गठबन्धन विजयी

१ बर्ष अगाडि

गुल्मीको चन्द्रकोट गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धन विजयी भएको छ । चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा गठबन्धका तर्फबाट नेकपा माओवादी केन्द्रका युवराज केसीले ५ हजार ७ सय र नेपाली काँग्रेसबाट उपाध्यक्षमा विष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत प्राप्त गरि  विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्धन्दी नेकपा एमाले चन्द्रकोट गाउँपालिकाको अध्यक्षका उम्मेदवार चेतन बस्नेतले ३ हजार २ सय ४७ र उपाध्यक्ष राधिका अर्यालले ३ हजार ८ सय १६ मत प्राप्त गरेका हुन् । गाउँपालिकाको ८ वटा वडामध्ये ५ वडा गठबन्धनले जितेका छ भने २ वडा एमाले र १ वटा वडा स्वतन्त्रले जितेको छ ।

 गाउँपालिकाको वडा नं. १ मा माओवादीका घनश्याम खेल, वडा नं. २ मा स्वतन्त्र उम्मेदवार कमल केसी, वडा नं. ३ मा कांग्रेसका डिल्लीराज सुवेदी, वडा नं. ४ मा कांगे्रका वडाध्यक्ष पदका उम्मेदवार बलबहादुर बनेत, वडा नं. ५ को अध्यक्षमा कांग्रेसका चित्रबहादुर कार्की, वडा नं. ६ मा एमालेबाट वडाध्यक्ष पदका उम्मेदवार अमरसिंह दगामी, वडा नं. ७ मा एमालेबाट अन्नतराम भण्डारी र वडा नं. ८ मा कांग्रेसका फणिन्द्र राज अर्याल वडाध्यक्षमा विजयी भएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया