रेणु दाहाललाई पछि पार्दै विजय सुवेदीको अग्रता, ७३ मत अन्तर

१ बर्ष अगाडि

काठमाडौं- भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेणु दाहाललाई पछि पार्दै नेकपा एमालेका विजय सुवेदीले अग्रता लिइरहेका छन् ।

सोमबार भरतपुर महानगरपालिकामा १३५६५ मत गणना हुँदा मेयरमा सुवेदीले ४६२५ मत ल्याउँदा दहालले ४५५२ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०४० मत ल्याएका छन् ।

उपप्रमुख (उपमेयर) तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीको अग्रता रहेको छ । उनले ५३९५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की हिमला गुरुङले ३६७९ मत पाएकी छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया