गोरखा ९४ वडा वडामध्ये ७३ वडाको मतपरिणाम  सार्वजनिक,कुन वडामा कसले जित हात पारे ?

१ बर्ष अगाडि

काठमाडौं- गोरखामा ११ स्थानीय तहमध्ये २ नगरपालिका र ९ गाउँपालिकाका ७३ वटा वडाको मतपरिणाम  सार्वजनिक भएको छ । जिल्लाका ९४ वडा वडामध्ये ५ पाँच पालिका र ७३ वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ ।

अहिलेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार माओवादी केन्द्रले बारपाक सुलिकोट, शहीदलखन, भीमसेन थापा, अजिरकोट गरी चार पालिकाको अध्यक्षमा विजय हात पारेको छ भने कांग्रेसले आरुघाट गाउँपालिकामा मात्रै विजय हासिल गर्न सकेको छ ।

यस्तै, मतपरिणाम सार्वजनिक भएको ७३ वडामध्य माओवादी केन्द्रले ३३, कांग्रेसले २७, एमालेले १०, जसपाले २ र स्वतन्त्र उमेद्वारले १ वडाको नेतृत्व पाएका छन् । अहिले जिल्लाको धार्चे, गण्डकी, सिरानचोक गाउँपालिका र गोरखा, पालुङटार नगरपालिकामा मतगणना जारी छ भने उत्तरी गोरखाको चुमनुब्रीमा भने मतगणना सुरु हुन सकेको छैन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया