म्याग्दीका ४० वडाको मतपरिणाम सार्वजनिक, २० वडामा एमाले जित हात पार्‍यो र कांग्रेस र माओवादीको कति ?

१ बर्ष अगाडि

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दीका ५ स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।  

मतगणना सार्वजनिक भएका दुई पालिकामा एमालेले अध्यक्ष, उपाध्यक्ष दुवै, एकमा मेयर, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन् । 

यस्तै, ४० वटा वडामध्ये एमालेले २०, कांग्रेसले १४ र माओवादीले ६ वडामा जित हाँसिल गरेका छन् । 

अन्नपूर्ण गाउँपालिका र ५ वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । 

स्थानीय तह चुनावमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कुल ८५ हजार ३७५ जना मतदाता रहेकोमा ५६ हजार ५४३ अथवा ६६.२३ प्रतिशत मत खसेको थियो । 

बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी र उपमेयरमा माओवादीकी ज्योति लामिछाने पौडेल निर्वाचित भएका  छन्। मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित भएका छन् ।

रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी भएका छन् । मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेमकुमारी अधिकारी ९पेमा० निर्वाचित भएका छन् ।  

धवलागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका रेशम पुन विजयी भएका छन् । धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । 

एमालेबाट बेनपा १ मा टेकबहादुर थापा, ५ मा गोविन्द बानिया, ६ मा कृष्णसिंह वानिया, ८ मा उत्तमकुमार कर्माचार्य, १० मा मसविर रोका, मंगला १ कुहुँमा एकतिज रोका, २ बाबियाचौरमा धनबहादुर खाती क्षेत्री, ५ मा भुपेन्द्र खत्री, मालिका २ मा उदयबहादुर बुढाथोकी, ६ मा पथबहादुर रोका, ७ मा टकलाल पुन, धवलागिरी २ मा अकबहादुर विक, ४ मा यामबहादुर घर्ति, ६ मा राजाराम उपाध्याय, रघुगंगा २ भगवतिमा अमृत भण्डारी, ३ पिप्लेमा खिमबहादुर शाही, ७ मा रिम पाइजा, अन्नपूर्ण १ दोवामा दिलिपकुमार गर्बुजा, २ भुरुङ्ग तातोपानीमा ओमप्रकाश फगामी र ३ मा रमेश पुर्जा विजयी भएका छन् । 

कांग्रेसबाट बेनपा २ मा याम कार्की, ७ मा रमेशकुमार श्रेष्ठ, ९ मा चक्र केसी, मंगला ४ मा लालबहादुर रोका, मालिका १ मा टंकप्रसाद पुन, ४ मा भिजेन्द्रमान पुन, ५ मा मिम पुन, धवलागिरीमा ३ मा देवेन्द्र रोका, ५ मा अमर छन्त्याल, रघुगंगा १ मा बिलबहादुर फगामी, ४ मा पविन गर्बुजा, ५ मा मनबहादुर शेरपुजा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित भएका छन् ।   

माओवादी केन्द्रबाट बेनपा ३ मा पदम पुन, ४ मा अणबहादुर खड्का (भगवान), मंगला ३ मा याम रोका, मालिका ३ मा मोतिप्रसाद बुढा, धवलागिरी १ मा झकबहादुर छन्त्याल र ७ मा अशोक खत्री निर्वाचित भएका छन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया