काठमाडौं - नेपालमा विद्युतिय गाडी इलेक्ट्रिक एसयुभि गाडी आउने भएको छ । बोल्ड डिजाइन, आकर्षक लुक्स र उत्कृष्ट फिचर सहित केहि समय अघि भारतीय बजारमा आएको निसान आरिया एसयुभि नेपाली बजारमा पनि आउने पक्का भएको हो ।
यसअघि नै नेपालमा निसानले ल्याएको निसान लिफले राम्रो रेस्पोन्स पाएको थियो । नेपाली बजारमा अब आउने गाडी निशानका लागि दोस्रो विद्युतिय गाडी हो । इन्धनबाट चल्ने गाडीहरु मध्ये लोकप्रिय रहेको निशान ब्रान्ड नेपालमा निशान गाडी पायोनियर मोर्टर्सले बिक्री बितरण गर्दै आएको छ ।
विद्युतिय सवारी भित्र्याउन लामो समयदेखि लागिरहेको पायोनियर मोर्टर्सले आफ्नो दोस्रो इभि आरियालाई २०२२को अन्तिमसम्म नेपालमा ल्याउने तयारी गरिरहेको छ ।
सरकारले गत महिनादेखि विलासिता भन्दै इन्धनबाट चल्ने सबै गाडीलाई आयातमा प्रतिबन्ध लगाएपनि विद्युतिय गाडी आयात भने खुला राखेको थियो । आयात नरोकिएपनि बिवाईडि, टाटा, निशानले पनि केहि समय भित्रै नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् ।
नेपाली बजारमा आउने निशान आरिया एसयुभि झट्ट हेर्दा स्पोर्टि लुक्समा देखिन्छ । बोल्ड डिजाइन र स्पोर्टि लुक्सले यो गाडीलाई आकर्षक बनाएको छ । निशानले ल्याएको यो गाडीमाअल ह्विल र फ्रन्ट ह्विल ड्राइभ अप्सनमा उपलब्ध छ ।
अटोनेमश ड्राइभिङ सिस्टम उपलब्ध गराइएको यो कारलाई नयाँ डिजाइनका साथ बजारमा उपलब्ध गराएको छ । इको, स्ट्यान्डर्ड र स्पोर्टस गरी कुल ३ मोडमा चलाउन सकिने निशन आरिया ड्राइभर इन्फर्मेसन सिस्टम र इन्फोटेन्मेन्टका लागि यसमा १२।३ इन्चको दुईवटा डिस्प्ले उपलब्ध गराइएको छ ।
अन्तराष्ट्रिय बजारमा निशन आरियाको सुरुवाती मूल्य ४० हजार तोकिएको छ । मूल्यको बिषयमा पनि कम्पनीले औपचारीक रुपमा नबोले पनि नेपाली बजारमा निशान आरिया आइपुग्दा ५५ लाखदेखि ६० लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया