५ लाख ७९ हजार मूल्य रहेको यामाहाको नयाँ बाइक : विशेष सुविधाहरूसहित नेपाली बजारमा

मंगलबार, १० जेठ २०७९, १० : २४

काठमाडौँ-  यामाहाको सुविधासम्पन्न बाइक R15 M  आजबाट आधिकारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी उक्त बाइक सार्वजनिक गरेको थियो ।
 
जेनेसिस क्याफेमा पत्रकार सम्मेलन गरी लञ्च गरिएको सो बाइक नेपालमा ल्याइएको यामाहाको मोटरसाइकलहरूमध्ये सबैभन्दा उत्कृष्ट प्रविधि र विशेषताहरू सम्मिलित गरी तयार पारिएको बाइक रहेको कम्पनीको दाबी रहेको छ ।
 
एम र आर सिरिजजस्ता रेसिङ दुनियाँमा ख्याती कमाएका बाइकको पाँचौँ जेनेरेशन भनिएको यस R15 M मूलतः ट्रयाक स्पिड, कर्भ, र स्पोर्टस् बाइकमा रुची राख्ने युवा वर्गलाई लक्षित गरी तयार पारिएको बाइक हो । र, नयाँ ग्राफिक, थ्रिडी एम्ब्लेम, वाइ(कनेक्ट र उत्कृष्ट कौशलकारिताका साथ तयार पारिएको ‘टू-लेभल सिट’ जस्ता विशेषताहरूले यस बाइकलाई अझ आकर्षक, विश्वसनीय, स्मार्ट, कार्यकुशल र आरामदायक बनाएको कम्पनीले जनाएको छ ।
 
यसका अतिरिक्त, ‘एसिस्ट एण्ड स्लिपर क्लच’ र ‘भिभिए’ जस्ता प्रणालीले R15 M १५५ लाई अझ चुस्त, छरितो र प्रभावकारी बनाई बाइकको समग्र पर्फमेन्सलाई नयाँ उचाइ प्रदान गरेको कम्पनी बताउँछ । ‘एसिस्ट एण्ड स्लिपर क्लच’को एडप्टेशनले बाइकको गति कम गर्ने क्रममा क्लचको वजन कम गरी ‘लो-स्ट्रेश’ कायम गर्न मद्दत पुर्याउँदछ, जसले गर्दा गियरको ‘डाउण्ड स्फीटिङ’ प्रक्रियालाई आरामदायक र सहज बनाउँदछ । त्यसैगरी, उच्च कार्यसम्पादन क्षमता भएको ‘भिभिए’ प्रणालीले भने बाइक न्यून आरपिएमको अवस्थामा समेत उल्लेखनीय पावर र टोर्क प्रदान गर्दछ ।
 
R15 M १५५ को विशेषताहरूबारे  जानकार गराउँदै यस बाइकलाई दुई प्रकारको मोडमा चलाउन मिल्ने गरी तयार पारिएको पनि कम्पनीले उल्लेख गरेको छ । राइडरले सडकको अवस्थाको अनुकूलता मध्य नजर गर्दै आफूले चाहेअनुसार उच्च कार्यसम्पादका लागि ‘ट्रयाक मोड’ र सहरभित्र मितव्ययी कार्यसम्पादनका साथ गरिने यात्राका लागि ‘स्ट्रीट मोड’मा स्वीच गर्न सक्ने सुबिधा रहेको छ ।
 
कम्पनीका अनुसार राइडरलाई उच्च गतिमा छिटो पुर्याउनका निम्ति एयरफ्लोलाई अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्न सुधारिएको एरोडाइनामिक डिजाइन र सही र भरपर्दो ब्रेकिङका लागि डुअल च्यानल एबिएसका साथ बजारमा ल्याइएको यस अल-नेयू R15 M, १५५ सिसि एलसिभी एसओएच्सी फ्युल(इन्जेक्टेड ९ँक्ष्० ईन्जिनको साथ तयार पारिएको शक्तिशाली बाइक हो । ट्रयाक्शन कन्ट्रोल र क्विक सिफ्टर जसले क्रमशः  चिप्लो बाटोमा ह्वीलस्पिनको कारण चक्काले घर्षण गुमाई चिप्लने सम्भावनालाई कम गराउँछ र क्लचर थ्रोटलरहित गियर सिफ्टिङलाई प्रभावकारी बनाउने प्रविधिले R15 M लाई अझ विशेष बनाएको कम्पनीको ठम्याई रहेको छ । यसले १०,००० आरपिएममा १८.४ एच्पी अधिक्तम पावर र ७५०० आरपिएममा १४.२ एनएम टर्क जेनेरेट गर्दछ ।
 

यसैगरी, ‘कनेक्ट एक्स’भन्दा उन्नत प्रविधिको ‘वाइ कनेक्ट’ समावेश गरिएको एलसिडी इन्स्ट्रुमेण्ट क्लस्टरले R15 M लाई स्मार्ट मात्र नभइ बहुआयमिक पनि बनाएको यामाहा नेपालको सिईओ राजु क्षेत्रीले बताएका छन् ।
 
एन्ड्रोइड र एप्पल प्रयोग  गर्ने राइडरहरूका लागि क्रमशः ‘गुगल प्ले स्टोर’ र ‘एपस् स्टोर’मा उपलब्ध ‘वाइ कनेक्ट’ एप बाइकसँग ब्लूटुथमार्फत जोडेपछि निम्न फङ्शनहरू एलसिडी क्लस्टरमा डिस्प्ले हुने कम्पनीले जानकारी दिएको छ ।
 
- गियर सिफ्ट इन्डिकेटर
- फ्यूल कन्जम्पशन इन्डिकेटर
- सिफ्ट(टाइमिङ्ग लाईट
- भिभिए इन्डिकेटर
- ट्रयाक्शन कन्ट्रोल इन्डिकेटर
- मोबाइलफोनको ब्याट्री लेभल
- मेन्टेनेन्स रिकमेण्डेशन
- पार्किङ लोकेशन
- मालफङ्शन नोटिफिकेशन
-रेभ ड्याशबोर्ड र स्मार्टफोनमा रेङ्किङ
 
यसका साथै वाइ कनेक्टमार्फत चालकले फोनकल, एसएमएस र ईमेल अलर्टजस्ता नोटिफिकेशन पनि बाइकको एलसिडी क्लस्टरमा हेर्न मिल्ने सुविधा रहेको छ । आइतबारबाट नेपालभरिका यामाहा शोरुममा उपलब्ध हुने जनाइएको R15 M को मूल्य नेपाली बजारमा ५ लाख ७९ हजार ९०० रहेको कम्पनीले जनाएको छ ।

मंगलबार, १० जेठ २०७९, १० : २४

प्रतिक्रिया