काठमाडौं- नेपालमा क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले स्टाइलिङ र प्राविधिक पक्षमा विशिष्ट मानिने जावा ४२ स्पोर्ट्स स्ट्राइप सार्वजनिक गरेको छ । सो बाइक अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइट कलरमा उपलब्ध छ ।
जावा ४२ स्पोर्ट्स स्ट्राइप मोडलका सबै मोटरसाइकलमा विविध आन्तरिक समायोजनहरु गरिएका छन् । यसमा भएको २९३ सीसी बीएस६ लिक्विडकुल्ड फ्युल इन्जेक्टेड इन्जिनले २७.३३ पीएस पावर र २७.०२ एनएम टर्क जेनेरेट गर्छ । यो पहिलो क्रसपोर्ट लेआउट भएको सिंगल सिलिन्डरयुक्त इन्जिनले जावाको भेल्युमेट्रिक दक्षतालाई उत्कृष्ट चार्ज र निकास ग्याँस प्रवाहको लागि सहज बनाउनुका साथै कार्यक्षमता वृद्धि गर्ने र टर्क उत्पादन गर्ने गर्दछ ।
यसमा भएको सानो भन्दा सानो इन्पुटहरुलाई पनि राम्रो इन्धनको माध्यमबाट प्रतिक्रिया दिनका लागि थ्रोटल रेस्पोन्सलाई थप तिखो बनाइएको छ । त्यसैगरी १३ स्पोक अलोय ह्विवले सो मोटरसाइकलको ‘स्पोर्टी क्लासिक’ व्यक्तित्वलाई उल्लेखनिय रुपमा प्रस्तुत गरेको हुनाले मोटरसाइकल प्रेमीहरुलाई आकर्षित गर्ने विश्वास राखिएको कम्पनीको भनाइ छ ।
जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङ साथ पुनः इन्जिनियर गरिएको छ । साथै रिट्युन गरिएको सस्पेन्सन र फ्रेम सेटअप, ट्विन एक्जस्ट र कन्टिनेन्टलद्वारा एबीएसले सुसज्जित उत्कृष्ट स्तरको ब्रेकिङ प्रणालीले प्रतिस्पर्धीहरु बीच सबैभन्दा छिटो ब्रेकिङ दूरी र उत्कृष्ट नियन्त्रणको अनुभूति दिलाउँछ ।
७ लाख ५८ हजार रुपैयाँ मूल्य तोकिएको यो मोटरसाइकल जावाका नेपालभर रहेका सोरुममार्फत खरिद गर्न सकिन्छ । जावा चेक गणतन्त्रको ९० वर्षको विरासत बोकेको मोटरसाइकल ब्रान्ड हो, जुन विश्वका १२० भन्दा बढी देशहरुमा निर्यात हुने गरेको छ ।
प्रतिक्रिया