रोनाल्डो चम्कदा पोर्चुगलको सानदार जित, उक्लियो शीर्षस्थानमा

१ बर्ष अगाडि

एजेन्सी – रोनाल्डो चम्कदा पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा सानदार जित निकालेको छ । समूहको दोस्रो खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सानदार जित निकालेको हो ।

लिस्वनमा आइतबार राति भएको खेलमा पोर्चुगलको फराकिलो जितमा रोनाल्डोले दुई तथा विलियम कार्भाल्हो र जोओ क्यान्सेलोले समान एक गोल गरे । पोर्चुगल पहिलो हाफमा ३–० ले अघि रहँदा दोस्रो हाफमा एक गोल थपेको थियो ।

खेलको छैटौं मिनेटमा हरिस सेफेरोभिकको गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा स्वीट्जरल्यान्ड अग्रता लिनबाट चुकेको थियो । त्यसपछि भने घरेलु टोलीले खेलमा पकड बनाउँदै सानदार जित निकाल्न सफल भयो ।

१५औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै सुरुवाती अग्रता दिलाए । उनले रोनाल्डोको पासमा गोलगर्न सफल भएका थिए । त्यसपछि रोनाल्डोले पाँच मिनेटको अन्तरमा दुई गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिन सफल भयो ।

३५औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । उनले डिएगो जोटाको पासमा गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा रोनाल्डोले जोटाकै पासमा गोल गर्न सफल भए । राष्ट्रिय टोलीबाट ३७ वर्षीय रोनाल्डोको यो ११७औं अन्तर्राष्ट्रिय गोल हो ।

त्यसपछि ६८औं मिनेटमा जोओ क्यान्सेलोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै पोर्चुगललाई सानदार जित दिलाए । यो जितसँगै पोर्चुगल समूहमा शीर्षस्थानमा उक्लिएको छ । पोर्चुगलको २ खेलबाट ४ अंक पुगेको छ । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया