बजाज मोटरसाइकलको तीन मोडलको मूल्य वृद्धि,एउटै मोटरसाइकलमा २० हजारसम्म

बुधबार, २५ जेठ २०७९, १६ : १९

काठमाडौं- बजाज मोटरसाइकलको तीन मोडलको मूल्य बढेको छ । मंगलबार नयाँ मुल्यसूची सार्वजनिक गर्दै एउटै मोटरसाइकलमा २० हजारसम्म मूल्य बढाएको हो ।

नेपालका लागि बजाज मोटरसाइलको नेपालको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले सरकारले बजेटमा भन्सार दर बढेसँगै मोटरसाइकलको मूल्य पनि वृद्धि भएको जनाएको छ ।

जस अनुसार बजाज पल्सर १५० एसडि, २२० एफ र एभेन्जर २२० मोटरसाइकलको मूल्य बढाएको हो । यी मोटरसाइकल बाहेक अन्य मोडलको मूल्य भने यथावत नै राखिएको छ ।

आजदेखि लागू हुने गरी बढेको मूल्य अनुसार १५० सिङ्गल डिक्समा ३ हजार, एभेन्जर २२० मा ३ हजार र सर्वाधिक बिक्रीहुने २२० एफलमा एकैपटक २० हजार रुपैयाँ मुल्य बढेको छ ।

नयाँँ मूल्यसूची अनुसार बढेको १५० एसडीको मूल्य २ लाख ८२ हजार, एभेन्जरको ३ लाख ९९ हजार र २२० को ३ लाख ९४ हजार रुपैयाँ मूल्य तोकिएको छ । यस अघि २२० बाइक ३ लाख ७४ हजारमा विक्री हुँदै आएको थियो ।


बुधबार, २५ जेठ २०७९, १६ : १९

प्रतिक्रिया