होन्डा हाइनेस सिबी ३५० को मूल्य एकलाख रुपैयाँले बढ्यो

विहीबार, २६ जेठ २०७९, १८ : ०८

होन्डाको नयाँ मोडल हाइनेस सिबी सिरिजको मूल्य भारी दरमा बढेको छ ।

बुधबार बजाजले पनि २२० सीसीको मोटरसाइकलको मूल्य २० हजार रुपैयाँले बढाएको थियो ।सरकारले ल्याएको बजेटमा ३०० सीसी भन्दा माथिका मोटरसाइकलमा ३० प्रतिशत लाग्दै आएको भन्सार शुल्क एकचोटी ७० प्रतिशत पुर्याएपछि लोकप्रिय होन्डा सिबीको मूल्य १ लाख रुपैयाँसम्म बढेको छ ।

कम्पनीले आफ्नो वेवसाइटमा बिहिबार सार्वजनिक गरेको बाइकको नयाँ मुल्यसूची अनुसार होण्डा हाइनेस सिबी ३५० को ८ लाख ४८ हजार रुपैयाँ तोकेको छ । त्यसैगरी, हाइनेस कै अर्को मोडल सीबी ३५० आरएसको मूल्य ८ लाख ९८ हजार ९०० रुपैयाँ पुगेको छ ।

बजेट अघि यी दुई मोडलका मोटरसाइकलको मूल्य क्रमश ७ लाख ७५ हजार रुपैयाँ र सीबी ३५० आरएसको मूल्य ७ लाख ९८ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

जस अनुसार नेपालका लागि होन्डा मोटरसाइकलको आधिकारीक वितरक स्याकार ट्रेडिङले होन्डा सिबी ३५० हाइनेसको मूल्य ७३ हजार रुपैयाँ र सिबी ३५० आरएसको मूल्य १ लाख रुपैयाँले वृद्धि गरेको नयाँ मुल्यसूचीमा उल्लेख छ ।

अन्य २०० सीसी क्षमता माथिका मोटरसाइकल कम्पनीहरुले पनि मोटरसाइकलको मुल्य बढाउने तयारी गरिरहेका छन् ।

होन्डाको सिबी ३५०को मूल्य १ लाख रुपैयाँले बढेपछि बजारमा लोकप्रिय रोयल इन्फिल्ड मोटरसाइकलको अधिकांश मोटरसााइकलको मूल्य पनि यहि दरमा बढ्ने देखिएको छ । रोयल इन्फिल्डका अधिकाश मोटरसाइल ३५० सीसीका रहेका छन ।

विहीबार, २६ जेठ २०७९, १८ : ०८

प्रतिक्रिया