एजेन्सी - आसन्न विश्वकप फुटबल प्रतियोगिता आउँदो नोभेम्बर महिनामा सुरु हुँदैछ । फिफा विश्वकप फुटबल मध्यपूर्वमा हुन लागेको र यो समयमा पनि हुन लागेको पहिलो पटक हो ।
यद्यपि कतारमा विश्वकप फुटबल आयोजना गर्ने निर्णयले विवाद निम्त्याएको छ । विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत फाइनल खेलहरू नोभेम्बर २१ देखि डिसेम्बर १८ तारिखको बीचमा हुने छन् ।
त्यो समयमा कतारको तापक्रम सामान्यतया २५ डिग्री सेल्सियस हुने गर्छ । जुन र जुलाई महिनामा ती खेलहरू हुने भए त्यहाँको तापक्रम ४० डिग्री सेल्सियस नाघ्थ्यो र सम्भवतः ५० डिग्री सेल्सियससम्म पुग्थ्यो ।
कतारले सुरुमा फाइनल खेलहरू गर्मीयाममा वातानुकूलित रङ्गशालाहरूमा खेलाउने प्रस्ताव गरेको थियो। तर त्यो प्रस्ताव अस्वीकृत भयो ।
विश्वकप फुटबल सञ्चालनका लागि सन् २०१० मा फिफामा भएको मतदानमा कतारले आयोजना गर्ने बाजी मारेको हो । विश्वकप फुटबल सञ्चालन गर्न पाउने दाबेदारीमा उसले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, जापान र अस्ट्रेलियालाई पछि पार्यो ।
कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब देश हुने छ । विश्वकप आयोजना गर्न पाउने अधिकार पाउन कतारले फिफाका अधिकारीहरूलाई ३७ लाख अमेरिकी डलर घुस खुवाएको आरोप लागेको थियो ।
तर दुई वर्षपछि त्यो आरोपमा उसले सफाइ पायो। फिफाका तत्कालीन प्रमुख सेप ब्लाटरले विश्वकप आयोजना गर्न पाउने कतारको प्रयासलाई सघाएका थिए । तर, त्यसपछि उनले फिफाले त्यो निर्णय गरेर गल्ती गरेको हुन सक्ने बताउँदै आएका छन् ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।